Hamro Patra
कैलालीका तीन जनामा कोरोना पुष्टि

टोप प्रकाश वि.क.

टीकापुर, ९ जेठ
कैलालीका तीन जनामा कोरोना संक्रमण देखिएको छ । कैलालीको जानकी गाउँपालिका वडा नं. १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार कोरोना पुष्टि हुनेमा इटहरीबाट वैशाख ३० गते आएका जानकी गाउँपालिका वडा नं. ७ जवलपुरका १९ वर्षीय युवक छन् । त्यस्तै जेठ ३ गते भारतको महाराष्टबाट आएका जानकी गाउँपालिका वडा नं. ४ कञ्चनपुरका २६ वर्षीया पुरुष र जेठ १ गते बाँकेको नेपालगञ्जबाट आएका जानकी गाउँपालिका वडा नं. ७ मोतिनगरका २१ वर्षीय पुरुष रहेका छन् ।

Khadga Memorial And Janajagriti

चौधरीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित पुष्टि भएको सरस्वती माविको क्वारेन्टाइनमा गाउँपालिकाले ४५ जनालाई राखेको छ । संक्रमित पुष्टि भएकाहरुलाई टीकापुर अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।

धनगढीस्थित प्रयोगशाला मार्फत गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । योसँगै बैतडी र डडेल्धुराका दुई जना युवामा समेत कोरोना पुष्टि भएको हो ।
यसअघि सुदूरपश्चिममा ५ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update