Hamro Patra
टीकापुर अस्पतालले स्वास्थ्यकर्मीको विमा गर्ने

टोपप्रकाश वि.क.
टीकापुर, जेठ ६

टीकापुर अस्पताल व्यवस्थापन समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि विमा गरिदिने भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ पोजिटिभ देखिए अस्पताल व्यवस्थापन समितिले एक लाख रुपैयाँको विमा रकम उपलब्ध गराउने भएको हो ।

Khadga Memorial And Janajagriti

अस्पताल व्यवस्थापन समितिको आज बसेको बैठकले अस्पतालमा कार्यरत सबै कर्मचारीहरुका लागि स्वास्थ्य विमा गर्ने निर्णय गरेको थियो । टीकापुर अस्पतालमा स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी गरी १ शय २१ जना कार्यरत रहेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिए तत्काल एक लाख रुपैयाँ भुक्तानी पाउने गरी विमा निर्णय गरिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताए । विमा अवधि एक वर्षको हुनेछ । ‘अस्पतालमा कार्यरत कर्मचारीको मनोबल उच्च राख्नका लागि एक लाख रुपैयाँ बराबरको विमा गर्ने निर्णय गरेका छौं’ अध्यक्ष रावलले भने ।

यसअघि स्वास्थ्यकर्मीका लागि सुदूरपश्चिम प्रदेशले १५ लाख र संघीय सरकारले २५ लाख रुपैयाँको विमा गरेको थियो । टीकापुर अस्पतालले कोरोना संक्रमण रोकथामका लागि १२ बेडको आइसोलेशन संचालन गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update