Hamro Patra
टीकापुर नगरपालिका उपप्रमुख विष्टद्वारा खाद्यान्न सहयोग

टीकापुर, वैशाख २२

टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले टीकापुर नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेकी छन् । नगर उपप्रमुख विष्टले नगर प्रमुख तपेन्द्र रावललाई राहत स्वरुप १ हजार दुई शय ७५ किलो चामल हस्तान्तरण गरेकी हुन् ।

Khadga Memorial And Janajagriti

कोरोना भाइरसको संक्रमणपछि दैनिक ज्यालादारी गरी खाने मजदुरहरुलाई राहत उपलब्ध गराउनका लागि उपप्रमुख विष्टले आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराइएकी हुन् । विष्टले संक्रमणकालीन अवस्थामा विपन्न वर्गलाई राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको बताइन् ।

‘विपन्न वर्गलाई राहत पुगोस् भन्ने उद्देश्यले मैले व्यक्तिगत रुपमा सानो सहयोग दिएको हो’ उपप्रमुख विष्टले भनिन् ‘यो महाविपत्तिको समयमा हामी सबै एकजुट भएर सक्दो सहयोग गर्नु आवश्यक छ ।’

राहत ग्रहण गर्दै नगर प्रमुख तपेन्द्र रावलले कोरोना संकटका बेला प्राप्त सहयोगले अन्य दाताहरुलाई समेत प्रेरणा दिने बताए ।

यसअघि विभिन्न व्यक्तिहरुले नगरपालिकाको राहत कोषमा नगद तथा जिन्सी सामानहरु सहयोग गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update