Hamro Patra
टीकापुर अस्पताललाई कोइकाको सहयोग

टीकापुर, बैशाख १८

दक्षिण कोरीयाली संस्था कोइकाले कोरोना नियन्त्रण अभियानमा सहयोग पुग्ने उद्देश्यले टीकापुर अस्पताललाई करिव साढे २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विभिन्न छ प्रकारका स्वास्थ्य सामाग्री दक्षिण कोरीयाका राजदूत एच. ई. पार्क योङ सिकले आज टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरे ।

Khadga Memorial And Janajagriti

उनले पिपिई २५० सेट, केएन ९५ मास्क १ हजार २४० थान, सर्जिकल मास्क ४८५ थान, सर्जिकल ग्लोब्स १ हजार २०० थान र सेनिटाइजर २ सय लिटर बुझेका छन । सो अवसरमा अध्यक्ष रावलले कोइकाले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पु¥याईरहेको प्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा समेत कोइकाको सहयोग रहिरहने विश्वास रहेको बताए ।

टीकापुर अस्पतालले कोरोना नियन्त्रणका लागि १२ बेडको आईसोलेसन वार्ड निर्माण गरेको छ । अहिलेसम्म टीकापुर नगरपालिकामा कुनैपनि व्यक्तिमा कोरोना पोजेटिभ भएको पाईएको छैन । कोइकाले टीकापुर अस्पतालको विकासमा ठूलो लगानी गरेको छ । उसले अस्पतालको भौतिक संरचना निर्माणका साथै उपकरण र स्वास्थ्यकर्मी समेत सहयोग गर्दै आएको छ ।

कोइकाले टीकापुर अस्पतालको मातहतमा रहने गरी विभिन्न सात ठाउँमा स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ । ती स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण समेत कोइकाले नै उपलब्ध गराएको छ ।

यस्तै कोइकाले टीकापुर अस्पतालका अलावा अन्य तीनवटा अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोइकाले नुवाकोटको त्रिसुली अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र भक्तपुरको नेपाल कोरीया मैत्री अस्पतालला समेत स्वास्थ्य सामाग्री प्रदान गरेको हो । उसले ७८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

सो स्वास्थ्य सामाग्री दक्षिण कोरीयाली राजदूत एच. ई. पार्क योङ सिकले सम्बन्धित अस्पताल विकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका छन । स्वास्थ्य सामाग्रीमा पिपिई ७९० सेट, केएन ९५ मास्क ४ हजार ६९० थान, सर्जिकल मास्क २ हजार १८५ थान, सर्जिकल ग्लोब्स ४ हजार ४०० थान, स्यानिटाइजर ६ सय लिटर थर्मोमिटर ५० थान रहेका छन ।

स्वास्थ्य सामाग्री प्रदान गर्दै दक्षिण कोरीयाली राजदुतले कोइकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्री सम्बन्धित अस्पताललाई कोरोना विरुद्धको अभियानमा सहयोगी हुने बताए । उनले कोरोना नियन्त्रणको प्रयास चाँडै सफल हुने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update