Hamro Patra
डा. हेमन्त स्वाँरद्वारा एक लाख बराबर सहयोग

टीकापुर, बैशाख १७
टीकापुरस्थित सत्कार पोलिक्लिनिकका सञ्चालक डा. हेमन्त स्वाँरले करिव एक लाख बराबरको सहयोग गरेका छन । उनले टीकापुर नगरपालिकालाई चामल, बेसहारा बालबालिकालाई खाद्यान्न, सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई पिउने पानी, प्रहरी र पत्रकारलाई मास्क प्रदान गरेका छन ।

उनले ७६ हजार बराबरको २० क्विन्टल चामल आज टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावललाई हस्तान्तरण गरेका छन । चामल बुझदै मेयर रावलले कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिमा नगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

Khadga Memorial And Janajagriti

त्यस्तै डा. स्वाँरले कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि पिउने पानीको व्यवस्था गरेका छन । उनले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी समस्या झेल्दै भन्ने कुरा सार्वजनिक भएपछि तीन वटा बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरुलाई पिउने पानीको व्यवस्था गरेका हुन ।

उनले टीकापुर नगरपालिकाका कालाकुण्डा, चौगुर्दी र श्रीलंकामा रहेका बेसक्याम्पमा एक सय जार पिउने पानी उपलब्ध गराएका छन । उनले टीकापुर नगरपालिकाका मेयर रावल मार्फत सशस्त्र प्रहरीलाई पिउने पानी हस्तान्तरण गरेका हुन ।

उनले तीनवटै क्याम्पमा रहेका सुरक्षाकर्मीलाई पिउने पानीका साथै मास्क र सेनिटाइजर समेत उपलब्ध गराएका छन । त्यस्तै इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत मास्क प्रदान गरेका छन ।

उनले केही दिन अघि मात्रै टीकापुर नगरपालिका–२ राजीपुरस्थित मेरी आमा घरमा रहेका बेसहारा बालबालिकालाई समेत खाद्यान्न सहयोग गरेका थिए । सो ठाउँमा आठ जना बेसहारा बालबालिका बस्दै आएका छन । उनीहरुलाई एकजना स्थानीय महिला दिब्या प्रियासीले संरक्षण गरेर राखेकी छन ।

पेशाले चिकित्सक डा. स्वाँरले विश्वभर समस्याका रुपमा रहेको कोरोना भाइरसका कारण समस्यामा परेका नागरिक र सुरक्षाकर्मीलाई राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update