Hamro Patra
टीकापुर जेसीजद्वारा रक्तदान कार्यक्रम

टीकापुर, वैशाख ११
टीकापुर क्षेत्रमा रक्त अभाव देखिएपछि टीकापुर जेसिजले आज रक्तदान गरेको छ । टीकापुर जेसिजले नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखामा रक्तदान गरेको हो ।

कोरोना संक्रमण फैलिएसँग रक्तदाताहरुको संख्यामा कमी आएपछि केही दिन यता रगत अभाव हुँदै आएको थियो । लकडाउनका बेला प्रसुति सेवा लगायतका अन्य सेवाका लागि रगत अभाव हुने अस्पताल प्रशासनको जानकारी अनुसार उक्त कार्यक्रम गरिएको टीकापुर जेसीजका अध्यक्ष जेसी तपेन्द्र स्वाँरले जानकारी दिनुभयो।

Khadga Memorial And Janajagriti

रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको टीकापुर जेसिजका महासचिव पृथ्वीराज ढुंगानाले जानकारी दिए ।
रक्तदान कार्यक्रमलाई ओशो ट्रेड सेन्टर टीकापुरले सहयोग गरेको थियो

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update