Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघद्वारा राहत कोषमा एक लाख प्रदान

टीकापुर, बैशाख ६
टीकापुर उद्योग वाणिज्य संघले टीकापुर नगरपालिकाको कोरोना राहत कोषमा एक लाख जम्मा गरेको छ । संघका अध्यक्ष रामबहादुर भण्डारीले आज नगर प्रमुखको सचिवालयमा चेक बुझाएका छन ।

नगर प्रमुखका स्वकिय सचिव निर्मला चौधरीले संघका अध्यक्ष भण्डारी नेतृत्वको टोलीले चेक बुझाएको जानकारी दिईन ।

Khadga Memorial And Janajagriti

संघको आज बसेको कार्य समिति बैठकले राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो । बैठकले थप ५० हजारको कोष समेत निर्माण गरेको छ । सो रकम कोरोना नियन्त्रण अभियानमा अति आवश्यक काममा खर्च गर्न मिल्ने गरी कोष निर्माण गरिएको महासचिव तपेन्द्र स्वाँरले जानकारी दिए ।

उनले सोही बैठकले संघको ब्यापारिक कम्प्लेक्समा भाडामा बसेका व्यवशायीहरुलाई लकडाउन अवधिभर घरभाडा छुट गर्ने निर्णय गरेको बताए । संघको ब्यापारिक कम्प्लेक्समा ३३ जना व्यवशायी लगायत भाडामा बस्दै आएका छन ।

त्यस्तै बैठकले कोरोना संक्रमण रोक्न भएको लकडाउनका कारण उत्पन्न परिस्थितिले व्यवशायीहरुमा पारेको प्रभावका बारेमा अध्ययन गर्न दुईवटा उपसमिति गठन गरेको छ । जसमा क्षति संकलन उपसमिति र बजार अनुगमन उपसमिति रहेका छन । क्षति संकलन उपसमितिमा सदस्य तपेन्द्र कुँवर, टेकबहादुर सोडारी र बिरेन्द्र कुँवर तथा बजार अनुगमन उपसमितिमा सन्तोष खड्का, जीतबहादुर चौधरी र रामबहादुर साउँद रहेका छन ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update