Hamro Patra
राहत कोषमा करिव ८० लाख जम्मा

टीकापुर, बैशाख ५

टीकापुर नगरपालिकाले स्थापना गरेको राहत कोषमा व्यावसायी कल्पना जैशीले एक लाख रुपैयाँ सहयोग गरेकी छन् । आज उनले नगरप्रमुख तपेन्द्र रावललाई एक लाख ५१ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । उनी टीकापुरका व्यवसायी टीकाराम जैशीकी धर्मपत्नी हुन् । टीकापुरस्थित ए.के. टे«डर्सकी सञ्चालिका जैशीले कोरोनापछि लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गलाई राहत उपलब्ध गराउन सहयोग गरेको बताइन् ।

आजै टीकापुर नगरपालिकाले पत्रकार सम्मेलन गरी राहत कोषमा करिव ८० लाख रुपैयाँ जम्मा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा विभिन्न संघसंस्था र व्यक्तिले नगदका साथै खाद्यान्न समेत सहयोग गरेको बताईएको छ ।

Khadga Memorial And Janajagriti

राहत कोषमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशले ३९ लाख र नगरपालिका आफैले २० लाख जम्मा गरेका छन । त्यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले ८ लाख ४ हजार ७६८ रुपैयाँ, नगरपालिकाका कर्मचारीहरुले ४ लाख ३५ हजार ३५८ रुपैयाँ र गुड नेभर्स इन्टरनेशनलले १ लाख २८ हजार रुपैयाँ जम्मा गरेका छन ।

त्यस्तै कञ्चन डेभलेपमेन्ट बैंकले ३५ हजार, नन्दबहादुर केसीले ११ हजार १ सय, सन्त निरंकारी मण्डलले ५१ हजार, नरबहादुर रावलले ४५ हजार, नाईल स्कुलले २५ हजार, जागरुक नागरिक कृषि सहकारी संस्थाले १० हजार १०५, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव तथा नागरिककर्मी योगेश रावलले १० हजार रुपैयाँ चेक मार्फत राहत कोषमा जम्मा गरेका छन ।

राहत कोषमा चेक मार्फत रकम जम्मा गर्नेमा सहित स्मृति जनस्वास्थ्य सहकारी संस्था १० हजार ५ सय, टीकापर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था १ लाख १ हजार, गालब सुपरमार्केट २५ हजार, बिरेन्द्र विद्या मन्दिर मावि ७५ हजार, ओम साउँद २१ हजार, विकास रावल १ लाख, न्यू जनसेवा ग्रामिण विद्युत सहकारी संस्था १५ हजार ५५५, नव निर्माण बचत तथा ऋण सहकारी संस्था १५ हजार ५५५, राजन रावल ११ हजार १११ र लक्ष्मी नारायण सहकारी संस्था २० हजार रुपैयाँ रहेका छन ।

यसैगरी विभिन्न संघसंस्था र व्यक्तिहरुले नगरपालिकामै पुगेर नगद सहयोग गरेका छन । जसमध्ये हिरण्य रावल ५१ हजार, जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था ११ हजार १ सय, टीकापुर बचत तथा ऋण सहकारी संस्था १५ हजार ५५५, काल्चीदेबी बोहरा १० हजार ५५, काशीराम ढुंगाना ४ हजार रहेका छन ।

यस्तै येशुरुन प्रताप जंग शाहले ५ हजार, येह्शैह प्रताप जंग शाहले १ हजार, येह्रुशेस भिक्टोरीया बेर्निस रेन शाहले १ हजार, खगेन्द्र र वैष्णबी साउँदले १० हजार १ सय, लोकबहादुर बुढाक्षेत्री र अनिता बिष्टले ५ हजार ५ सय ५ र पदम प्रकाशेश्वर अध्यात्मिक मातृ शक्ति समितिले ५ हजार रुपैयाँ सहयोग गरेका छन ।

पत्रकार सम्मेलनमा नगर प्रमुख तपेन्द्रबहादुर रावलले विभिन्न संघसंस्था र व्यक्तिहरुबाट १६ हजार ९७५ किलो चामल, ८ सय किलो दाल, ९४१ किलो नून, ३८७ लिटर तेल र ३ हजार २५१ पिस साबुन सहयोग प्राप्त भएको जानकारी दिए । उनले पहिलो चरण अन्र्तगत क्वारेन्टाइनमा रहेका ३७ जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएकाले घर पठाईएको जानकारी दिए । उनका अनुसार दोस्रो चरण अन्र्तगत हाल क्वारेन्टाइनमा ७३ जना रहेका छन ।

नगरपालिकाले नौवटै वडाका १ हजार ७२४ परिवारलाई राहत वितरण गरेको छ । नगर प्रमुख रावलले राहत वितरणको काम जारी रहेको जानकारी दिए । उनले राहत वितरणका लागि नगरपालिकाले हालसम्म ३७ लाख ५० हजार ६७१ रुपैयाँ बराबरको सामान खरिद गरेको बताए ।

उनले राहत वितरण प्रकृया माथि नागरिकले गरेका आशंकालाई चिर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन । उनले वडा नं. १ मा देखिएको राहत वितरण प्रकृयालाई पारदर्शी बनाउन राहत लिने र लिन बाँकी रहेका सबैको नाम चाँडै सार्वजनिक गरिने बताए । ‘नामावली सच्याउने कुरामा खुल्ला नै छ । हामी राहत वितरण प्रति गम्भिर छौं’ उनले भने–‘सबैले सबैलाई चिनेकै छौं । कोही कसैले बदमासी गर्न सक्दैन ।’ उनले राहत बुझ्ने कुरामा इमान्दारीता देखाउन सबै नगरबासीलाई आग्रह गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update