Hamro Patra
विकास रावलद्वारा कोरोना संक्रमण रोकथाममा छ लाख बराबर सहयोग

टीकापुर, चैत २९
टीकापुर नगरपालिका–१ घर भई हाल काठमाण्डौं बस्दै आएका विकास रावलले कोरोना भाइरसको संक्रमण रोकथामका लागि करिव छ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री र नगद सहयोग गरेका छन ।

उनले आज टीकापुर अस्पताललाई ४ लाख ९० हजार ६३४ रुपैयाँ बराबरको विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुका साथै १ लाख रुपैयाँ टीकापुर नगरपालिकाको आकस्मिक कोसमा जम्मा गरेका छन ।

Khadga Memorial And Janajagriti

गैरसरकारी संस्था कोइकाको नेपालका असिस्टेन्ट डाइरेक्टर रावलकी फुपु कौशिल्यादेवी रावलले स्वास्थ्य सामाग्री टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र एक लाख रुपैयाँको चेक टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावललाई प्रदान गरेकी छन ।

रावलले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा पिपिइ सेट ५० थान, एन ९५ मास्क १०० थान, सर्जिकल मास्क २ हजार थान, सोडियम हाइपोक्लोराइड ६५ लिटर, ग्लोब ८ प्याकेट र स्यानिटाइजर १०० बोत्तल रहेको छ ।

तत्कालिन टीकापुर विकास समितिका पूर्वअध्यक्ष मीनबहादुर रावलका छोरा रावलले कोरोना भाइरसको संक्रमणबाट बच्न थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको बताए । ‘यो बेला सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ’ नागरिककर्मीसँगको टेलिफोन संवादमा रावलले भने–‘कुनै एक संस्था र व्यक्तिको प्रयासले मात्रै विपत्तीसँग लड्न सकिदैन ।’

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जताततै अभाव भैरहेका बेला रावलले उपलब्ध गराएको स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीका लागि निकै उपयोगी हुने बताए ।

सो अवसरमा मेयर रावलले नगरपालिकाको आकस्मिक कोसमा रकम जम्मा गरेर रावलले ठूलो सहयोग पुर्याएको बताए । उनले कोरोना संक्रमणको विपत्तीमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन ।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update