Hamro Patra
र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ

टीकापुर, चैत २९
टीकापुर नगरपालिकाका विभिन्न वडामा आज गरिएको र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्यकर्मीको टोलीले नगरपालिकाका वडा नम्बर ६, ७, ८ र ९ का विभिन्न २७ जनाको टेस्ट गरेको थियो । उनीहरु मध्ये २० पुरुष र ७ महिला छन ।

उनीहरु सबै चैत ७ गतेपछि भारत लगायत विभिन्न देशबाट फर्किएका हुन । त्यस्तै स्वास्थ्यकर्मीको टोलीले हिजो समेत नगरपालिकाका विभिन्न वडाका ३३ जनाको र्यापिड टेस्ट गरेको थियो । उनीहरुको समेत रिजल्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । उनीहरु नगरपालिकाका वडा नम्बर १ देखी ५ सम्मका हुन । उनीहरु समेत सबै विदेशबाट फर्किएका हुन ।

Khadga Memorial And Janajagriti

स्वास्थ्य शाखा प्रमुख रावलले उनीहरुको मलेरीया समेत जाँच गरिएको बताए । र्यापिड टेस्टका क्रममा सम्बन्धित व्यक्तिको रगत जाँच गरिन्छ । रगत जाँचको रिपोर्ट करिव २० मिनेट आउछ ।

टीकापुरका मेयर तपेन्द्रबहादुर रावलले प्रदेश सरकारसँग थप किट माग गरेको जानकारी दिए । उनले विदेशबाट फर्किएका सबैको र्यापिड टेस्ट गराईने बताए ।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update