Hamro Patra
टीकापुर नगरपालिकालाई विभिन्न व्यक्ति र संघसंस्थाको सहयोग

टीकापुर, चैत २७
टीकापुर नगरपालिकालाई आज पनि विभिन्न व्यक्ति र संघसंस्थाहरुले सहयोग गरेका छन । कोरोना नियन्त्रणका लागि भैरहेको लकडाउन पछिको असहज परिस्थितिमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकालाई सहयोग गर्नेको संख्या दिनानुदिन बढ्दै गैरहेको छ ।

टीकापुर नगरपालिकास्थित जालवादेवी सेवा समितिले ६५० केजी चामल सहयोग गरेको छ । समितिका अध्यक्ष निकेन्द्र रावलले लकडाउन पछि विपन्न परिवारको छाक टार्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

Khadga Memorial And Janajagriti

त्यस्तै नगरपालिकाको पशु शाखामा कार्यरत पशु अधिकृत श्यामराज पाण्डेयले १२५ केजी चामल, १० केजी दाल, ५ केजी सोयाबिन, ५ लिटर तेल, २५ केजी पिठो र १० केजी नून प्रदान गरेका छन । उनले व्यक्तिगत रुपमा सहयोग गरेका हुन ।

प्रभु बैंकको टीकापुर शाखाले समेत नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । उसले ८५० केजी चामल, ५० केजी दाल, २५ केजी नून र २ पेटी चाउचाउ उपलब्ध गराएको छ । शाखा प्रबन्धक मोतिराज रेग्मीले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको बताए ।

त्यस्तै टीकापुरमा रहेको शहिद स्मृति जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले नगरपालिकालाई १० हजार रुपैयाँ सहयोग गरेको छ ।

यसैगरी महाविपत्तीको बेला सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव तथा नागरिककर्मी योगेश रावलले समेत आकस्मिक कोषमा रकम जम्मा गरेका छन ।

उनले १० हजार रुपैयाँको चेक नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल र उपमेयर केशरी बिष्टलाई हस्तान्तरण गरेका छन ।
नगरपालिकाका मेयर रावलले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन । उनले विपत्तीको सबै मिलेर सामना गर्न आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update