Hamro Patra
विपदमा टीकापुर नगरपालिकालाई सहयोग

टीकापुर, चैत २६
किसान बहुउदेश्यीय सहकारी संस्था लम्कीले टीकापुर नगरपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाका तर्फबाट सहकारीका रण साउँदले आज एक कार्यक्रमबीच खाद्य सामाग्री हस्तान्तरण गरेका छन ।

खाद्य सामाग्रीमा साढे ७ क्विन्टल चामल, ५० लिटर तेल, ५० केजी दाल, ५० केजी नून र १०० प्याकेट साबुन रहेको छ । सहकारीले कैलालीका १३ वटा स्थानीय तहलाई ५० हजारका दरले सहयोग गरेको छ ।

सहकारीका महाप्रबन्धक डम्मरबहादुर शाहले एक विज्ञप्ती जारी गरी कोरोना संक्रमणका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग पुग्ने उद्देश्यले ६ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिईएको छ ।

Khadga Memorial And Janajagriti

त्यस्तै साँस्कृतिक समाज टीकापुरले ढाई क्विन्टल चामल प्रदान गरेको छ । समाजका अध्यक्ष प्रेम रावल र सचिव बाल बोहराले चामल हस्तान्तरण गरेका छन । अध्यक्ष रावलले थप राहत संकलनका लागि समेत पहल भैरहेको बताए ।

टीकापुरस्थित नाइल बोर्डिङ स्कुलले नगरपालिका आकस्मिक कोषमा २५ हजार रुपैयाँ जम्मा गरेको छ । स्कुलका संस्थापक डम्बर सोडारीले सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन । उनले विपदको बेलामा नगरपालिकालाई सघाउ पुग्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताए ।

त्यस्तै श्री जागरुक नागरिक कृषि सहकारीले समेत नगरपालिकाको आकस्मिक कोषमा रकम जम्मा गरेको छ । सहकारीले कोषमा १० हजार १०५ रुपैयाँ जम्मा गरेको हो । सहकारीका अध्यक्ष भक्त विश्वकर्माले रकम हस्तान्तरण गरेका छन ।

नवजीवन सहकारी संस्थाले ३४१ प्याकेट साबुन प्रदान गरेको छ । नगरबासीको सरसफाईमा सघाउ पुर्याउने उद्देश्यले साबुन प्रदान गरेको बताईएको छ ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले सहयोग गर्ने सबै प्रति हार्दिक आभार व्यक्त गरेका छन । उनले विपत्तीको बेलामा सबैको साथ आवश्यक रहेकोले कोरोना विरुद्धको अभियानमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन ।


राहत वितरण तिब्र
टीकापुर नगरपालिकाले राहत वितरण कार्यलाई तिब्र पारेको छ । उसले दुई दिनमा ३५७ घरधुरीलाई राहत पुर्याएको छ । नगरपालिकाको राहतबाट १ हजार ६३२ व्यक्ति लाभान्वित भएका छन ।

नगरपालिकाले राहत अन्र्तगत खाद्यान्न वितरण गर्दै आएको छ । नगर प्रमुखका स्वकिय सचिव निर्मला चौधरीका अनुसार ४ हजार ४३५ केजी चामल, ६३८ दाल, २१५ नुन, ४२५ तेल र ४२० प्याकेट साबुन वितरण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update