Hamro Patra
विपदमा सहयोगी हात बढ्दै

टीकापुर, चैत २४
कोरोना भाइरसका कारण जनजीवन प्रभावित बन्दै गएपछि टीकापुर नगरपालिकाको आकस्मिक कोषमा सहयोग गर्नेहरु बढ्दै गएका छन् ।

संक्रमणको सन्त्रास बढेसँगै आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्गलाई राहत दिन नगरपालिकाले बनाएको आकस्मिक कोषमा सहयोग गर्ने व्यक्ति, संघसंस्थाहरु बढ्दै गएका हुन् ।

Khadga Memorial And Janajagriti

आज टीकापुरस्थित कञ्चन विकास बैंक, दीगो विकास संस्था भजनी, टीकापुर बचत तथा ऋण सहकारी संस्था, जलकल्याण बचत तथा ऋण सहकारी संस्था लगायतले सहयोग गरेका छन ।

बैंकले ३५ हजार रुपैयाँ नगद सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक रमेश भाटले टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावललाई रकम हस्तान्तरण गरेका छन ।

त्यस्तै टीकापुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र शाहले १५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन । सो अवसरमा मेयर रावल, उपमेयर केशरी बिष्ट, संस्थाका सचिव धु्रव रावल, कार्यालय प्रमुख दीपक थापा लगायतको उपस्थिति रहेको थियो ।

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले समेत आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष बद्रिप्रसाद भट्टराई र कार्यालय प्रमुख छबीलाल जैशीले मेयर रावललाई ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेका छन ।

त्यस्तै दीगो विकास संस्था भजनीले १५ कठ्ठा चामल, ३५ किलो दाल, ५ पेटी पानी, २५०० पिस साबुन, त्रिपाल, डस्टबिन, झुल लगायत सहयोग गरेको छ । संस्थाका कार्यकारी निर्देशक लक्ष्मीदत्त भट्टले सामाग्री हस्तान्तरण गरेका छन ।

मेयर रावलले सहयोगीदाता सबैलाई धन्यवाद दिनुका साथै विपदको लडाँईमा सहयोग गर्न सबैमा आग्रह गरेका छन । उनले स्थानीय सरकार समस्याको समाधान गर्न प्रयासरत रहेको बताए ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update