Hamro Patra
सेनिटाइज गर्न शुरु

टीकापुर, २३ चैत्र

टीकापुर नगरपालिकाले नगरका क्षेत्रमा किटनाशक औषधीमार्फत् सेनिटाइज गर्न शुरु गरेको छ ।

Khadga Memorial And Janajagriti

सर्वसाधारणहरुको जम्मा हुने मुख्य बजार क्षेत्र, तरकारी बजार, मुख्य सडक लगायतका क्षेत्रमा सेनिटाइज गर्न शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

रावलका अनुसार यसअघि नेपाली काँग्रेस टीकापुरले सहयोग गरेको सोडियम हाइपोक्लोराइड सेनिटाइज गरिएको थियो । मुख्य क्षेत्रमा ओहोरदोहोर बढी हुने हुँदा सेनिटाइज गरिएको रावलले बताए ।

आज टीकापुरको तरकारी बजार, खड्ग चोक, बसपार्क लगायत सेनिटाइज गरिएको हो । अन्य क्षेत्रमा समेत सेनिटाइज गर्ने तयारी नगर पालिकाले गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update