Hamro Patra
रावलद्धारा नगरपालिकालाई ५१ हजार सहयोग

टोप प्रकाश वि.क.
टीकापुर, २३ चैत्र

कोरोना संक्रमणको सन्तात्र बढेसँगै कैलालीको टीकापुर नगर पालिकालाई अस्टेलिया बस्ने हिरण्ड रावलले आर्थिक सहयोग गरेका छन् ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १० घर भई हाल अस्टेलियाको मेलबर्नमा बसोबास गर्दै आएका रावलले नगरपालिकालाई ५१ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।

नगरपालिकामा रहेका विपन्न वर्गलाई राहत सामग्री उपलब्ध गराउन नगरपालिकाले सूचनामार्फत् राहत कोषका सहयोगको आव्हन गरेको थियो ।
रावलकी भाञ्जी गीता कुँवरमार्फत् नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

विश्व नै कोरोनाबाट आक्रान्त बनेका बेला नगरपालिकालाई सहयोग प्राप्त भएको नगर प्रमुख रावलले बताए । उनले विपद्को यस घडीमा सबै क्षेत्रलाई सक्दो सहयोग गरिदिन समेत अपिल गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update