अस्पतालको छतबाट हामफालेका बिरामीको मृत्यु

टीकापुर, बैशाख १६
कैलालीको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक बिरामीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए ।
गम्भीर चोट लागेर घाइते भएका सिंहको आकस्मिक उपचार कक्षमा ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए । सिंह मिर्गौला पीडित रहेको र प्रादेशिक अस्पतालमा डायलिसिस गर्दै आएको अस्पतालले जनाएको छ ।
वैशाख १५ गते वार्ड भर्ना भएर उपचार गर्दै आएका सिंहलाई सोमवार चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए। उनका साथ श्रीमती ईश्वरीदेवी कुरुवा रहेको खुलेको छ ।
एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १७:४९
प्रतिक्रिया दिनुहोस्