काँग्रेस सुदूर पश्चिमका महामन्त्री शाह चढेको गाडी दुर्घटनामा छ जना घाइते

धनगढी, बैशाख १४
नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु चढेको गाडी गम्भीर दुर्घटनामा परेको छ ।
परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जाँदै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी शाह सहित छ जना घाईते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीन जनाको अवस्था सामान्य छ ।
शाह चढेको गाडी बससँग ठोकिएको बताइएको छ ।
दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १३:५४
प्रतिक्रिया दिनुहोस्