Hamro Patra
सञ्चारकर्मीका लागि विशेष प्याकेज ल्याउन प्रदेश सरकारलाई महासंघको माग

टीकापुर, चैत २२
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सरकारसँग सञ्चारकर्मीहरुका विशेष प्याकेज ल्याउन माग गरेको छ ।

महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी झैं फ्रन्टलाइनरका रुपमा रहेको सञ्चार क्षेत्रको सुरक्षा तथा महामारी रोकथामको टास्कमा सञ्चारमाध्यमको परिचालन गर्न नीति तथा योजना सहितको विशेष प्याकेज ल्याउन माग गरिएको छ ।

साथै विज्ञप्तीमा विश्वव्यापी महामारीको प्रकोप र लकडाउनको कठिन अवस्थाको अत्याधिक जोखिममा पनि समाचार संकलन तथा सम्प्रेषण गरी आमनागरिकलाई सुसुचित गर्न र आवश्यक सजगता अपनाउन पलपलका सुचनाहरु प्रवाह गर्न दत्तचित्त सञ्चारकर्मीसमेत स्वतः फ्रन्टलाइनर भएको उल्लेख छ ।

Khadga Memorial And Janajagriti

विज्ञप्तीमा भनिएको छ–यस कार्यमा सुदूरपश्चिमका रेडियो, छापा, अनलाईन र टेलिभिजनकर्मीहरु अहोरात्र खटिएर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको अवस्था तथा सरकार र अन्य सम्वद्ध निकायका पहलहरु आमनागरिकसमक्ष प्रवाह गरिरहेका छन ।

सुदूरपश्चिममा महामारी नियन्त्रण तथा रोकथामको मुल नेतृत्व गरिरहेको प्रदेश सरकारले संकटबाट पार पाउनका लागि आमसञ्चार क्षेत्रलाई अझ सशक्त र योजनावद्ध रुपमा उपयोग गर्न हातेमालो गर्नुपर्ने खाँचो महसुस भएको विज्ञप्तीमा उल्लेख छ ।

सञ्चार क्षेत्रसंग व्यावसायिक सुरक्षा तथा अहिलेका महामारीसंग जुध्नका लागि सबै क्षेत्रबीच सामूहिक सहकार्य विना अहिलेको संकटबाट पार पाउन गरिएका कार्यहरु अधुरा हुन सक्दछन् । त्यसैले विज्ञप्तीमा भनिएको छ–सरकारले आफ्ना प्रयासहरुलगायत सचेतनाका कार्यक्रमहरु जनतासमक्ष पु¥याउन सञ्चार क्षेत्रको अधिकतम उपयोग गर्नुपर्ने पर्दछ ।

यस महाविपत्तिमा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको प्रवाह नराखी विरामीको उपचारमा खटिएका छन् । सुरक्षाकर्मी पनि त्यही अवस्थामा नागरिक सुरक्षामा खटिएका छन् । उहाँहरुसहित जनसेवामा जुटिरहेका सबैपक्षप्रति सेवाप्रति सञ्चार क्षेत्रको सम्मान रहेको विज्ञप्तीमा उल्लेख छ ।

साथै विश्वव्यापी अभ्यास र नतिजाअनुसार लकडाउनलाई कडाई गर्नुको विकल्प छैन । सबै नागरिकको यसमा साथ छ र रहनै पर्छ । तर नियम पालना गर्न गराउनेक्रममा व्यक्तिपिच्छे फरक व्यवहार नगरी नीतिगत रुपमा व्यवहार गर्न सुरक्षाकर्मीसमक्ष अनुरोध दोहो¥याउन चाहन्छौ । र पत्रकारहरुले आफ्नो स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाएर, सामाजिक तथा शारीरिक दुरी कायम गर्न कुनै पनि हालतमा कसैसंग पनि सम्झौता नगरि समाचार संकलन तथा सम्प्रेषण गर्न, आधिकारिक निकायबाट पुष्ट्याई भएका सुचना मात्र प्रवाह गर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

विश्व कोरोना भाइरस कोभिड–१९ महामारीको चपेटामा छ । रोग फैलिन नदिन र जोगिन अन्यत्र झै नेपालले पनि लामो समयदेखि लकडाउन गरिरहेको छ । जनताले निर्देशन कार्यान्वयन गरिरहेकै छन् । हालसम्म कोरोना भाइरस उपचारका लागि औषधी पत्ता नलागेको र फैलिने क्रम नरोकिएकाले भयावह हुने जोखिम छ 

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update