Hamro Patra
टीकापुर एफएमको अध्यक्षमा बजगाईं

टीकापुर, बैशाख १३

टीकापुरस्थित सामुदायिक रेडियो टीकापुर एफएमको सञ्चालक समितिको अध्यक्षमा डा. योगेन्द्रप्रसाद बजगाई सर्वसम्मत चयन भएका छन् ।

आज टीकापुरमा सम्पन्न भएको एफएमको आठौं साधारण सभाले वीरेन्द्र विद्या मन्दिर माविका प्रतिनिधि बजगाईंलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । 

साधारण सभाले बौनियाँ बजार व्यवस्थापन समितिका प्रतिनिधि देवकुमार चौधरी, खोटेना भुराखानी वनबाट देवसरा ऐर, टीकापुर खानेपानी संस्थाबाट सरिता रावल थापा, सामुदायिक सहकारी संस्था सत्तीबाट कृत ठकुल्ला, मानव अधिकार सचेतन केन्द्रबाट फिरुलाल चौधरी, जनशक्ति सामुदायिक वनबाट दीर्घबहादुर तिरुवालाई सदस्मा चयन गरेको हो ।  

त्यस्तै सभाले टीकापुर नगरपालिकाका प्रतिनिधि बलविर चौधरी र सन्चारकर्मी समुहका अध्यक्ष दीपकबहादुर थापालाई संचालक समितिको सदस्यमा चयन गरेको हो ।

सामुदायिक रेडियो टीकापुर एफएमका १९ वटा संस्थाहरु सदस्य रहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update