-1745632363.jpeg)
टीकापुर, बैशाख १३
तत्कालिन अवस्थामा बीरेन्द्र विद्या मन्दिर टीकापुरको नाम चलेको स्कुल थियो । नेपाली माध्यममा पढाई हुने यत्तिको अर्को स्कुल थिएन । अन्य सरकारी स्कुलको अवस्था दयनीय नै थियो । ५० को दशकको सुरुवातमा बीरेन्द्र विद्या मन्दिरमा खपपट सुरु भयो । २०५२ मा सात जना शिक्षकहरुले विद्रोह गरेर स्कुल छोडे । उनीहरुले टीकापुरमा नेपाली र अंग्रेजी माध्यममा पढाई हुने स्कुल खोले । सात जना मिलेर खोलेको स्कुलको नाम राखे, सप्तऋषी सेकेण्डरी स्कुल ।
स्कुलको सुरुवात कक्षा ६ देखि ८ बाट भयो । किनकी सुरुवातमा अनुमति त्यति मात्रैको थियो । स्कुलले अर्को वर्ष कक्षा ९ र १० को अनुमति पायो । २०५४ मा कक्षा १ देखि ५ सम्मको अनुमति पायो । २०५८ मा पहिलो पटक एसएलसीमा समावेश भयो । रिजल्ट राम्रै रह्यो । स्कुलले २०६१ मा प्लस टु सुरु गर्यो । स्कुलको अवस्था प्रगतिको उचाईतर्फ लम्किदै थियो ।
स्कुलको प्रगतिको उचाई धेरै दिनसम्म उकालो लाग्न सकेन । २०६८ मा पुग्दा स्कुलको अवस्था ओरालो लाग्यो । सञ्चालकहरुबीच कलह सुरु भयो । बीरेन्द्र विद्या मन्दिरको विकल्पका रुपमा स्थापना भएको स्कुल छोटो समयमै समस्याग्रस्त बन्न पुग्यो । सञ्चालकहरुको आपसी द्वन्द्वले समस्या समाधान हुनुको साँटो झन बल्झिदै गयो । उनीहरु स्कुल बन्द गर्ने अवस्थामा पुगे । तर, स्कुल बन्द भने भएन । केही वर्ष यसैगरी धकेलगाडी जस्तै चलिरह्यो ।
२०७४ मा सञ्चालकहरुले स्कुल भाडामा दिने सोच बनाए । यो कुरो टीकापुर ट्युशन सेन्टर (टीटीसी) सञ्चालन गरिरहेका व्यक्तिहरुको कानमा पुग्यो । दुई पक्षबीच सहमति भयो । २०७५ बैशाखबाट स्कुलको सबै जिम्मेवारी टीटीसीले लियो । जसमा ८ जना रहेका छन । त्यसको नेतृत्वका लागि अघि सरे प्रिन्सिपल लिखराम चौधरी । उनलाई सघाउन भ्वाइस प्रिन्सिपलका रुपमा सुरेश कठरिया र लेखा प्रमुख शिवराम चौलागाई रहे । स्कुलको भौतिक संरचना जिर्ण थियो । कक्षाकोठा र कार्यालय अस्तव्यस्त थिए । ‘आफै जुट्यौं । सरसफाई गर्यौं । सबै कुरा चिटिक्क पार्यौं’ उनले भने–‘अनि सुरु भयो विद्यार्थी बढाउने योजना ।’
प्लस टु बन्द भैसकेको थियो । २०७९ मा प्लस टु पुनः सुरु भयो । प्लस टुमा व्यवस्थापन र मानविकी विषय पढाई हुन्छ । अहिले प्लस टुमा मात्रै एक सय विद्यार्थी छन । चौधरीका अनुसार अहिले स्कुलमा ७५० विद्यार्थी छन । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका धेरै विद्यार्थी अध्ययन गर्छन । उनीहरुको आवतजावतको लागि दुईवटा बसको व्यवस्था छ ।
विद्यार्थी संख्या एक सयको हाराहारी मात्रै थियो । चौधरी नेतृत्वको टीमले अभिभावक भेटघाट सुरु गर्यो । आठ जना मध्येका धेरैजसोको ब्याकग्राउण्ड शिक्षक थियो । उनीहरु विभिन्न विद्यालयमा नाम चलेका शिक्षक थिए । अभिभावकले उनीहरुलाई राम्ररी चिनेका थिए । तिनै व्यक्तिहरुले स्कुल सञ्चालनको जिम्मा लिएपछि अभिभावक कन्भिन्स भए । उनीहरुले बालबालिका भर्ना गर्न थाले । पहिलो वर्षमै ५३४ विद्यार्थी पुगे । ‘सबैभन्दा पहिलो कुरा अभिभावकले विश्वास गरे’ चौधरीले भने–‘जसले हामीहरुलाई हिम्मत दियो ।’
प्लस टु बन्द भैसकेको थियो । २०७९ मा प्लस टु पुनः सुरु भयो । प्लस टुमा व्यवस्थापन र मानविकी विषय पढाई हुन्छ । अहिले प्लस टुमा मात्रै एक सय विद्यार्थी छन । चौधरीका अनुसार अहिले स्कुलमा ७५० विद्यार्थी छन । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका धेरै विद्यार्थी अध्ययन गर्छन । उनीहरुको आवतजावतको लागि दुईवटा बसको व्यवस्था छ ।
स्कुलको शैक्षिक अवस्था निक्कै सुध्रिएको छ । गतवर्ष एसएलसीमा ९४ प्रतिशत रिजल्ट आयो । प्लस टुका अमित चौधरीले यस क्षेत्रमा सबैभन्दा धेरै अंक हाँसिल गरेर उत्तीर्ण भए । उनले ३ दशमलव ७७ जिपिए पाएका थिए । ‘जसरी अभिभावकले विश्वास गरे त्यसरी रिजल्ट पनि दिएका छौं’ चौधरीले भने–‘अभिभावकको विश्वास नै हाम्रो सम्पत्ति हो ।’
स्कुलमा कुनैबेला एसएलसी र प्लस टुको परिक्षा केन्द्र थियो । त्यो बन्द भयो । अहिले कक्षा ८ को परिक्षा केन्द्र भने भैरहेको छ । चौधरी पुनः एसएसली र प्लस टुको परिक्षा केन्द्र बन्ने कुराको पर्खाईमा छन ।
चौधरी जानकी गाउँपालिका वडा नम्बर २ खर्गौलीको सामान्य घर परिवारमा जन्मिएका हुन । उनले कक्षा ७ सम्मको अध्ययन गाउँमै पूरा गरे । गाउँमा पढ्दा उनी सधै प्रथम हुन्थे । पढाईमा तिक्ष्ण भएपछि २०५८ मा कक्षा ८ पढ्न टीकापुर आए । उनले पशुपति एकाडेमीबाट २०६० मा एसएलसी उत्तीर्ण गरे । प्लस टु बीरेन्द्र विद्या मन्दिरबाट विज्ञान विषयमा गरे ।
प्लस टुमा राम्रै अंक थियो । उनी विज्ञान विषय नै थप अध्ययन गर्न चाहन्थे । त्यसका लागि टीकापुर बाहिर जानुपर्ने भयो । उनको घर परिवारसँग त्यो आर्थिक अवस्था थिएन । उनले चाहेर पनि विज्ञान विषय पढ्ने यात्रामा विश्राम लगाउनु पर्यो । उनी टीकापुर बहुमुखी क्याम्पसमा भर्ना भए । उनले त्यहाँबाट २०६८ मा गणित विषयमा स्नातक उत्तीर्ण गरे ।
घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनले कमाउन सुरु गरिसकेका थिए । उनले केही समय आफूले एसएलसी उत्तीर्ण गरेको स्कुलमा समेत पढाए । प्लस टु उत्तीर्ण गरेपछि भने उनी टीकापुर नगरपालिका वडा नम्बर ८ सुर्जीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयको विज्ञान शिक्षकका रुपमा नियुक्त भए । उनले त्यहाँ २०६५ देखि २०६७ सम्म पढाए ।
गणित विषयमा स्नातक गरेपछि उनी गणित शिक्षकका रुपमा टीकापुर नगरपालिका वडा नम्बर १ स्थित कर्णाली माविमा भित्रिए । उनले २०६८ देखि २०७४ सम्म पढाए । कर्णाली माविमा उनले आफूलाई निखारे । विद्यार्थी र अभिभावक बीच राम्रो पहिचान बनाए । जसले सप्तऋषीको यात्रामा सहजता थपेको छ ।
उनले गाउँमा समेत बोर्डिङ स्कुल खोलेका छन । जानकी गाउँपालिका वडा नम्बर २ खर्गौलीमा कैलाली जनसेवा बोर्डिङ स्कुल छ । जहाँ कक्षा ५ सम्म पढाई हुन्छ । चौधरी लगायतका छ जनाको टिमले २०६९ बाट टीकापुर ट्युशन सेन्टर सञ्चालन गर्दै आएका छन । जसले विद्यार्थीलाई विभिन्न विषयको ट्युशन, लोकसेवा, शिक्षा सेवा आयोगका साथै कोरियन र जापानिज भाषाका कक्षा सञ्चालन गर्छ । जहाँ २ हजार विद्यार्थी छन ।
धेरै व्यक्तिलाई लोकसेवा परिक्षा उत्तीर्ण गराएका चौधरी आफैलाई निजामति कर्मचारी बन्ने रहर नभएको हैन । उनले २०७५ मा लोकसेवा परिक्षा दिएका थिए । खरिदारको लिखित परिक्षामा उत्तीर्ण भए तर अन्र्तवार्तामा भने असफल भए । त्यसपछि भने उनले त्यसतर्फ ध्यान दिएनन् । उनी विज्ञान विषय अध्ययनमा विश्राम नलागेको भए शिक्षण पेशामा हुन्थेनन् । ‘खै कहाँ हुन्थे ? कुन स्थितिमा हुन्थे’ उनले भने–‘शिक्षकका रुपमा टीकापुरमा भने पक्कै हुँदैन थिए ।’
उनको अध्ययन यात्रा स्नातक तहमै रोकिएको छ । उनले थप उच्च अध्ययनका लागि तयारी गरिरहेको बताए । उनले घर परिवारको जिम्मेवारीले थप अध्ययन अघि बढाउन नसकेको बताए । उनी ३६ वर्षका मात्रै भए । उनले आफ्नो उच्च अध्ययन गर्ने धोको पूरा नभएको र उमेर समेत खासै नढल्केको बताए ।
उनको आगामी योजना प्लस टुमा विज्ञान विषयको स्विकृति ल्याउने र सुविधा सम्पन्न कक्षा सञ्चालन गर्ने रहेको छ । उनले यसका लागि पहल भैरहेको जानकारी दिए । उनले स्कुलको सफलताको श्रेय आफू मात्रै नभई आफ्नो सम्पूर्ण टिमलाई दिएका छन् ।
युवाहरु विदेशीने क्रम बढेको छ । जसले यो देशमा युवा बस्नै मान्दैनन् भन्ने भाष्य विकास भएको छ । तर हाम्रो समाजमा थुप्रै युवाहरु छन । जसले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेका छन । टीकापुरमा थुप्रै युवाहरुले शैक्षिक संस्थाको नेतृत्व गरेर शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याईरहेका छन । लोकतन्त्र दिवसको अवसर पारेर हामीले शैक्षिक संस्थाको नेतृत्व गर्दै शिक्षा विकासमा योगदान प¥ुयाईरहेका तिनै युवाहरुको बारेमा थोरै भए पनि क्रमिक रुपमा लेख्ने प्रयास सुरु गरेका छौं । –सम्पादक ।