साँफेबगरको हाट बजारमा भीषण आगलागी

अछाम, वैशाख १३
अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिका वडा नम्बर ३ हाटबजारमा आगलागी भएको छ ।
आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ ।
प्रहरीका अनुसार क्षतिको एकिन विवरण आइसकेको छैन । बजारमा रहेको एक पसलमा आज बिहान बिजुली सट भएर आगलागी भएको स्थानीयको भनाई छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ ०६:३४
प्रतिक्रिया दिनुहोस्