Hamro Patra
क्वारेन्टाइनमा रहेकालाई एनआईसीको सहयोग

टोप प्रकाश वि.क.
टीकापुर, चैत्र २०

टीकापुरस्थित एनआईसी एसिया बैंकले टीकापुर नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई आज राहत सामग्री प्रदान गरेको छ ।

Khadga Memorial And Janajagriti

बैंकको टीकापुर शाखाले टीकापुर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ३६ जनाका लागि चाउचाउ, बिस्कुट, साबुन, चिउरा, भुजा लगायतका दैनिक उपभोग्य वस्तुहरु सहयोग गरेको हो ।

बैंकको धनगढी शाखा प्रबन्धक दीपक विष्ट, टीकापुर शाखा प्रबन्धक जीवन शाहीले संयुक्त रुपमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । विष्टले कोरोना त्रासका कारण भारत लगायतका देशबाट आएका नेपालीहरुलाई सानो सहयोग स्वरुप दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गरिएको बताए ।

आगामी दिनमा समेत सहयोग गर्न बैंक तत्पर रहेको भन्दै विष्टले देशमा परेको संकटमा सबैले सहयोग गर्नुपर्ने बताए । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले राहतका कार्यक्रमका लागि एकद्धार प्रणाली कायम गरिएकाले सबैले नगरपालिकामार्फत् सहयोग गर्नुपर्ने बताए ।

टीकापुर बहुमुखी क्याम्पसमा ३६ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update