Hamro Patra
नाबालकको खल्तीमा ७ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन

टीकापुर, वैशाख ८
प्रहरीले कैलालीबाट लागु औषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले १६ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित तीन जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक नाबालकसहित तीन जना रहेको कैलाली प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बस्ने १८ वर्षीय भुपेन्द्र रानाले चलाएको बा ६४ प ९३४२ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा सोही मोटरसाइकल पछाडि सवार नाबालकको पाइन्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा ७ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

रानालाई वडा नम्बर २ भन्सार नजिक अपराध अनुसन्धान समूह, लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

यस्तै, वडा नम्बर २ सन्तोषी टोलबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मिनबहादुर बमलाई लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले पक्राउ गरेको छ ।

बमको साथबाट ८ ग्राम ४६० मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाही लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update