Hamro Patra
नगरपालिकालाई सोडियम हाइपोक्लोराइड र सेफ्टी डे«स हस्तान्तरण

टीकापुर, १६ चैत्र
विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना) को त्रासपछि टीकापुर नगरपालिकामा सेनिटाइज गर्न नेपाली काँग्रेसले सोडियम हाइपोक्लोराइड हस्तान्तरण गरेको छ ।

नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ प्रदेश ख र नेपाली काँग्रेस नगर समितिले सेनिटाइज गर्नका लागि नेपाल रेडक्रस सोसाइटी टीकापुरमार्फत् टीकापुर नगरपालिकालाई ८० लिटर सोडियम हाइपोक्लोराइड हस्तान्तरण गरेको हो ।

Khadga Memorial And Janajagriti

सुदूरपश्चिम प्रदेश, प्रतिपक्षी दलका नेता डा.रणबहादुर रावल र संविधानसभा सदस्य जनकराज चौधरीले रेडक्रस टीकापुरका उपसभापति कल्याण दाहालमार्फत् हस्तान्तरण गरेका हुन् ।

धनगढी, नेपालगञ्ज लगायतका क्षेत्रमा विभिन्न किटाणुहरुलाई मध्येनजर गर्दै सेनिटाइज भइरहेका बेला टीकापुर नगरपालिकाले समेत मुख्य क्षेत्रमा सेनिटाइज गरोस् भन्ने उद्देश्यले सोडियम हाइपोक्लोराइड हस्तान्तरण गरिएको प्रदेश ख का सभापति प्रकाश शाहले बताए ।

‘नगर क्षेत्रमा सेनिटाइज गर्ने योजना बनाएका थियौं’ शाहले भने ‘नगरपालिकाले लकडाउन अवधिभर कुनै पनि काम एकद्धार प्रणालीबाट गर्ने निर्णय गरेपछि रेडक्रसमार्फत् हस्तान्तरण गरेका हौं ।’ शाहले नगरपालिकाले सेनिटाइज गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले यस्तो विपत्तिका बेलामा काँग्रेस प्रतिपक्षको भूमिकामा नरहेको भन्दै नगरपालिकालाई सहयोग गर्न तयार रहेको बताए ।

यसैबीच, टीकापुर उद्योग वाणिज्य संघले स्वास्थ्यकर्मीहरुका लागि नगरपालिकालाई २५ थान सेफ्टी डे«स उपलब्ध गराएको छ ।
टीकापुर अस्पताल र टीकापुर बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि संघले सो डे«स उपलब्ध गराइएको अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीले आवश्यकता अनुसार थप डे«स उपलब्ध गराउन संघले पहल गरिरहेको बताए । ‘विपत्तिको बेलामा नगरबासीलाई सहयोग गर्नका लागि हामी खटिरहेका छौं’ अध्यक्ष भण्डारीले भने ‘सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नका लागि अनुरोध गर्दछु ।’

टीकापुर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भारतबाट आएका नगरपालिकाका २३ जनालाई राखिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update