Hamro Patra
स्ववियु निर्वाचन ः टीकापुरमा नेविसंघको अग्रता कायमै

टीकापुर, चैत २८
टीकापुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघले सुरुवाती अग्रतालाई कायमै राखेको छ । निर्वाचन समितिका अनुसार ८०० मत गणना हुँदा नेविसंघको प्यानल नै अघि रहेको छ ।

नेविसंघका तर्फबाट अध्यक्षका उम्मेदवार किरण साउँदले ४२६ र अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ३३२ र स्वतन्त्र देवाशिषजंग थापाले ३४ मत पाएका छन । साउँदले भण्डारीलाई ९४ मतले पछि पारेका छन । 

सचिवमा नेविसंघकै छविलाल न्यौपानेले ४०३, संयुक्त प्यानलतर्फ नागरिक विद्यार्थी समाजका आशिष चौधरीले ३०० र स्वतन्त्र लोकेश देवकोटाले ६७ मत पाएका छन । त्यस्तै कोषाध्यक्षमा नेविसंघकी डिम्पल चौधरीले ४४१ र अखिल क्रान्तिकारीका सुदिप नेपालले ३२१ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ । 

निर्वाचन समितिका अनुसार कुल १ हजार ५८५ मध्ये १ हजार २५४ मत खसेको हो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update