Hamro Patra
कर्णाली नदीमा भेटिएको महिलाको शव सनाखत भएन

टीकापुर, चैत २८
कर्णाली नदीमा भेटिएको महिलाको शव अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक नविन राजा बुढाथोकीले हिजो कर्णाली नदीमा अड्किएको अवस्थामा एक महिलाको शव भेटिएको जानकारी दिए ।


उनका अनुसार टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकास्थित कर्णाली नदीमा महिलाको शव भेटिएको थियो । स्थानीयले नदीमा शव देखिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । 

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुर प्रहरी निरिक्षक ईश्वर देव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले नदीबाट डुंगाको सहायताले शव निकालेको थियो । 

प्रहरीका अनुसार अन्दाजी ३५÷४० वर्षको देखिने महिलाको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update