Hamro Patra
जिल्ला प्रशासन कैलालीले सार्वजनिक विदामा समेत सेवा दिने 

धनगढी, चैत २८
जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार बाहेक अन्य सावर्जनिक विदाको दिनमा समेत सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गरी नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा विदाका दिनमा समेत नियमित उपलब्ध हुने जानकारी दिएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा २०८२ बैशाख १ गतेदेखी लागु हुने गरी वर्षभरी शनिवार बाहकका विदाका दिनमा ती सेवा सुचारु रहने उल्लेख छ । 

सूचनामा बुद्ध जयन्ती, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, घटस्थापना, उँधौली पर्व, क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ती, सोनम ल्होछार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, प्रजातन्त्र दिवस, अन्र्तराष्ट्रिय महिला दिवस, इद र बकर इदको विदामा पनि सेवा दिईने उल्लेख छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update