Hamro Patra
स्ववियु निर्वाचन ः टीकापुरमा मत गणना सुरु 

टीकापुर, चैत २८
टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको स्ववियु निर्वाचनको मत गणना सुरु भएको छ । हिजो साँझ साढे ७ बजेदेखी हुने भनिएको मत गणना विवादका कारण रोकिएको थियो ।

विवादित विषयमा सहमति जुटेपछि मत गणना कार्य सुरु भएको निर्वाचन समिति संयोजक आत्माराम अधिकारीले जानकारी दिएका छन । 

उनका अनुसार वर्तमान स्ववियु सभापति नृपजंग थापालाई अनुगनमनका लागि मत गणनास्थलमा जान दिने सहमति भएको छ । उनको उपस्थितिमा पक्ष विपक्ष भएर संयुक्त प्यानल र नेविसंघबीच विवाद भएपछि मत गणना रोकिएको थियो । 

त्यस्तै तीनै जना अध्यक्षका उम्मेदवारलाई समेत मत गणनास्थलमा अवलोकनका लागि जान दिने सहमति भएको छ । संयोजक अधिकारीले प्रतिनिधि संख्या घटाउने बारेमा समेत सहमति जुटेको छ । 

उनका अनुसार उम्मेदवार रहेको संगठनलाई मात्रै मत गणनास्थलमा ३ जना प्रतिनिधि राख्न दिने सहमति भएको छ । यसअघि हरेक संगठनलाई ३/३ जना प्रतिनिधि राख्ने भनिएको थियो । 

स्ववियु निर्वाचनमा १ हजार २५४ मत खसेको छ । निर्वाचन समितिका अनुसार कुल १ हजार ५८५ मध्ये १ हजार २५४ मत खसेको हो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update