Hamro Patra
सुदूरपश्चिम विश्वविद्यालयका १६ मध्ये १२ क्याम्पसको नतिजा सार्वजनिक, कुन क्याम्पसमा कस्को नेतृत्व ?

टीकापुर, चैत २८
सुदूरपश्चिम विश्वविद्यालयका १२ आंगिक क्याम्पसको स्ववियु निर्वाचनको परिणाम सार्वजनिक भएको छ । जसमध्ये ७ स्थानमा नेविसंघ र ५ स्थानमा अनेरास्ववियुले नेतृत्व हात पारेका छन । 

नेविसंघका तर्फबाट कैलालीको अत्तरीयास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भुवन महरा, बैतडीको गोठालापानीस्थित जगन्नाथ क्याम्पसमा रोसन भट्ट, बैतडीकै मणिलेक क्याम्पसमा मनोजदत्त ओझा, डडेल्धुराको जोगबुढास्थित त्रिवेणी क्याम्पसमा प्रकाश अवस्थी, दार्चुला क्याम्पसमा प्रकाश बडु, डोटीको सीताराम क्याम्पसमा उमेश बलायर र बाजुराको बडिमालिका क्याम्पसमा सविन रावत विजयी भएका छन । रावत निर्विरोध निर्वाचित भएका हुन । 

त्यस्तै अनेरास्ववियुका तर्फबाट बझाङको जयपृथ्वी क्याम्पसमा तिलकचन्द्र बोहरा, बैतडीको पाटन क्याम्पसमा सञ्जय भण्डारी, डोटीको जोरायलस्थित घण्टेश्वर क्याम्पसमा सुरत बोहरा, दार्चुलाको गोकुलेश्वरमा सुनिल डागा र बाजुरा क्याम्पसमा लक्ष्मण रोकाया विजयी भएका छन । रोकाया निर्विरोध निर्वाचित भएका हुन । 

विश्वविद्यालयका १६ आंगिक क्याम्पस मध्ये केन्द्रीय क्याम्पस र अछामको बयलपाटास्थित जनता क्याम्पसमा निर्वाचन हुन सकेको छैन । निर्वाचन भएका मध्ये कैलाली बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा मत परिणाम आईसकेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update