Hamro Patra
हावाहुरीले विभिन्न ठाउँमा क्षती 

टीकापुर, चैत २८
हिजो रातिको हावाहुरीले कैलालीको पूर्वी क्षेत्रमा क्षती पुर्याएको छ । जिल्लाको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाका केही ठाउँमा क्षती पुगेको छ । 

हावाहुरीले सबैभन्दा धेरै लम्की चुहा नगरपालिकामा क्षती पुर्याएको छ । लम्की चुहा नगरपालिका व्यवस्थितनगरमा स्थानीय ददि तिमिल्सेनाको घरको छाना उडाएको छ । उनको घरभित्र रहेको अन्न, कपडा लगायतका सामान समेत नष्ट भएका छन । 

त्यस्तै लम्की चुहा नगरपालिकाकै वडा नम्बर ७ मा समेत केही घरका छाना उडाएको स्थानीय सञ्चारकर्मी प्रिन्स विकले जानकारी दिए । उनले घरभित्रको अन्न र कपडामा क्षती पुग्दा स्थानीयलाई समस्या भैरहेको बताए । 

प्रहरीका अनुसार हावाहुरीले लम्की–टीकापुर रोडमा बिजुलीका पोल र एउटा रुख ढलेको छ । रुखले अटोमा क्षती पुगेको छ । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक लोकेन्द्र सिँहले अन्य क्षतीको विवरण प्राप्त नभएको बताए । 

बिजुलीको पोल ढलेर लम्की चुहा नगरपालिका वडा नम्बर १ र ५ तथा जानकी गाउँपालिकाको वडा नम्बर ५ मा विद्युत सेवा अवरुद्ध भएको छ । 

यता टीकापुर नगरपालिकामा समेत विभिन्न वडामा क्षती पुगेको छ । हावाहुरीले वडा नम्बर ७ का केही घरका छाना उडाएको छ । इलाका प्रहरी कार्यालय टीकापुर प्रहरी नायब उपरिक्षक नविन राजा बुढाथोकीले अन्य गम्भीर खालको क्षतीको विवरण प्राप्त नभएको जानकारी दिए । 

हावाहुरीले जानकी गाउँपालिकाका केही वडाहरुमा समेत क्षती पुर्याएको छ । क्षतीको विवरण संकलन भैरहेको बताईएको छ ।    
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update