Hamro Patra
क्वारेन्टाइनमा थपिँदै विदेशबाट आएकाहरु


टीकापुर, चैत्र १५
टीकापुर नगरपालिकाले निर्माण गरेको टीकापुर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा नयाँ व्यक्तिहरु थपिने क्रम जारी छ ।
चैत्र ११ गते ७ जनाबाट शुरु गरिएको क्वारेन्टाइनमा २३ जना पुगेका छन् । भारत लगायतका विभिन्न देशबाट नेपाल फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले चैत्र ११ गतेपछि विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बताए ।
विभिन्न देशबाट आएकाहरुको खोजी गर्ने, माइकिंग गर्ने, सम्पर्कमा ल्याउने र क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको रावलले बताए ।
नगरपालिकाले एक शय क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । रावलका अनुसार आवश्यकता अनुसार सत्तीस्थित कर्णाली माविमा समेत क्वारेन्टाइन निर्माण गरिनेछ ।
यतिबेला नेपालभर लकडाउन गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कारोना संक्रमणबाट कसरी बच्न सकिन्छ ? टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. जितेन्द्र कँडेलको सुझावः

Khadga Memorial And Janajagriti

 

 

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update