Hamro Patra
टीकापुर नगरपालिकामा नयाँ हाकिम 

टीकापुर, चैत २७
टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रविन्द्रप्रसाद चौधरीले सम्हालेका छन । उनले आजैबाट कामकाज सुरु गरेका छन । 

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले चौधरीलाई स्वागत गरेका छन । नगरप्रमुख थारुले चौधरीलाई स्वागत गर्दै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन । 

नेपाल सरकारको उपसचिव रहेका चौधरी यसअघि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।  सामान्य प्रशासन मन्त्रालयले हालै चौधरीलाई सरुवा गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका दमन चौधरीले स्वेच्छिक राजिनामा दिएका छन । उनले चैत २१ गते राजिनामा दिएको टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत देवी आचार्यले जानकारी दिएका छन । 

चौधरीले विगत डेढ वर्षदेखी पटकपटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । 
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update