
टीकापुर, चैत २७
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ अमौरामा आज हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान घाईते भएका छन ।
प्रहरीका अनुसार सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइस गाडीले ठक्कर दिँदा साइकलमा सवार जानकी गाउँपालिका वडा नम्बर ५ की ४४ वर्षीया किहरु बडुवालको ज्यान गएको छ ।
साइकल चलाईरहेका मृतकका श्रीमान ५५ वर्षीय मानबहादुर बडुवाल घाईते रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक नविन राजा बुढाथोकीले जानकारी दिएका छन । उनका अनुसार घाईते बडुवालको नेपालगञ्जमा उपचार भैरहेको छ ।
टीकापुरबाट लम्कीतर्फ गैरहेको हाइस गाडीले साइकलमा लम्कीतर्फै गैरहेका दम्पत्तीलाई ठक्कर दिएपछि दुर्घटना भएको बताईएको छ । गाडीलाई प्रहरीले नियन्त्रणमा लगेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक बुढाथोकीले जानकारी दिए ।