
टीकापुर, चैत २६
नेपाली काँग्रेसको युवा संगठन तरुण दल कैलाली क्षेत्र नम्बर १ ले आज टीकापुर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । तरुण दल क्षेत्रीय सभापति कल्पेश कुँवरले कार्यकाल एकवर्ष पुगेको अवसर पारेर फलफूल वितरण गरेका हुन ।
उनले एकवर्ष अघि चैत २६ गते अर्थात् आजैका दिन तरुण दल कैलाली क्षेत्र नम्बर १ को सभापतिको जिम्मेवारी सम्हालेका थिए । उनले आफू सभापति भएपछि विभिन्न सामाजिक कार्य गर्ने क्रममा बिरामीहरुलाई फलफूल वितरण गरेको बताए ।
उनले आगामी दिनमा समेत यस्ता सामाजिक कार्यमा सकृय रहने प्रतिवद्धता व्यक्त गरेका छन । उनले कार्यकाल अवधिभर आफूले तरुण दल प्रति सामाजिक कार्यहरुमार्फत युवाहरुको आकर्षण बढाउने बताए ।
‘मेरो कार्यकाल युवाहरुलाई तरुण दल प्रति आकर्षण बढाउन केन्द्रित हुनेछ’ उनले भने–‘युवाहरुको आकर्षणले गर्दा नै तरुण दल बलियो बन्नेछ ।’
फलफूल वितरण कार्यक्रममा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उनले पदीय जिम्मेवारी सम्हाल्ने बित्तिकै विभिन्न सामाजिक कामको शुभारम्भ गरेका थिए । उनले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा बृहत रक्तदान कार्यक्रम र स्वर्गीय बिपि कोइरालाको जन्म जयन्तीमा फलफूल वितरण गरेका थिए ।
त्यस्तै उनले शिक्षा दिवसको अवसरमा जानकी गाउँपालिका स्तरीय निजी तथा सरकारी विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान, जिल्ला स्तरीय माघी मिलन तथा तरुण प्रशिक्षण कार्यक्रम, लागु औषध विरुद्धको बृहत अन्तरक्रिया लगायतका थुप्रै कार्यक्रमको आयोजना गरेका थिए ।