कायममुकायम गभर्नर ढुंगाना

काठमाण्डौं, चैत २५
कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पाएकी छन् । आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालयले प्रस्ट्याएको छ । उनी राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर हुन् ।
यही चैत २४ देखि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएको छ । गभर्नर सिफारिसका लागि उपप्रधान एवम् अर्थमन्त्री पौडेलको संयोजकत्वमा समिति गठन गरेपनि सोमबारसम्म सिफारिस भइसकेको छैन ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ १५:०१
प्रतिक्रिया दिनुहोस्