Hamro Patra

टीकापुर, चैत ११
टीकापुर नगरपालिकाले भारतको विभिन्न ठाउँबाट उपचार गरेर फर्केकाहरुको आज उद्दार गरेको छ । उनीहरुलाई नगरपालिकाले आफ्नै गाडीमा राखेर खक्रौला नाकाबाट उद्दार गरेको जानकारी दिएको छ ।

मेयर तपेन्द्र रावलले विभिन्न ठाउँका २५ जनाको उद्दार गरिएको जानकारी दिए । उनले ती मध्ये ९ जनालाई टीकापुर बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको बताए ।

Khadga Memorial And Janajagriti

उद्दार गरिएका मध्ये १४ जनालाई बर्दगोरीया गाउँपालिकाको जिम्मा लगाईएको छ । उनीहरु सो गाउँपालिकाका बासिन्दा रहेका छन । उनीहरुलाई समेत त्यहाँ रहेको क्वारेन्टाइनमा राखिने बताईएको छ । त्यस्तै १ जना बर्दिया, १ जना अछामका रहेका छन ।

क्याम्पस भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका सबैको नगरपालिकाले खानेबस्ने लगायतको सबै व्यवस्थापन गरेको उपमेयर केशरी बिष्टले जानकारी दिईन ।

सिमा नाका भारतका विभिन्न ठाउँबाट घर फर्किएकाहरु हिजोदेखी जारी लकडाउनका कारण अलपत्र परेको खबर पाएपछि मेयर रावल र उपमेयर बिष्ट उद्दारका लागि आफै खटेका थिए ।

सरकारले कोरोना भाइरस फैलिन नदिन भन्दै देशभर एकसाताका लागि लकडाउन गरेको छ । लकडाउनका कारण भारतबाट फर्किनेहरु सिमा क्षेत्रमा अड्किएका छन । उनीहरुको उद्दार गर्न सर्वसाधारणले माग गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update