Hamro Patra
रवि लामिछाने कारागार चलान

काठमाण्डौं, चैत २५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन । रूपन्देही जिल्ला अदालतले उनलाई आज भैरहवा कारागार चलान गरेको हो । 

अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालयले अदालतमा उपस्थिति गराएको थियो,’ उनले भने, ‘हामीले प्रक्रिया पूरा गरेर कारागार पठाएका छौँ ।’

उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेश लगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ पछि एक रात काठमाडौं राखिएका लामिछानेलाई शनिबार रूपन्देही लगिएको थियो । 

शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई आज बिहान जिल्ला अदालतमा पेस गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update