Hamro Patra
नेविसंघ र अखिल मिलेर क्रान्तिकारीलाई हराए

सुखड, चैत २४
घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुका अशोक गौतम अत्याधिक मतले अध्यक्ष पदमा विजयी भएका छन । उनले अखिल क्रान्तिकारीका गणेश भण्डारीलाई २४२ मतको फराकिलो अन्तरले पराजित गरेका छन । 

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा विजयी गौतमले ६७० र निकटतम प्रतिद्वन्द्वी भण्डारीले ४२८ मत प्राप्त गरेका छन । अध्यक्ष पदकै प्रत्यासी अखिल समाजवादीका यामबहादुर खत्री (यमराज) ले मात्र १० मत प्राप्त गरेका छन । 

त्यस्तै निर्वाचन समितिले दिएको जानकारी अनुसार सचिवमा प्रविन सिँह र कोषाध्यक्षमा संजिव कुमार चौधरी (पारा कमाण्डो) विजयी भएका छन । सिँहले ५५५ मत प्राप्त गरेर विजयी हुँदा सचिव पदका प्रत्यासी भुवनराज जैशी (अल्टर) ले ४९० र कल्पना कुमारी थापाले ४० मत पाएका छन । 

कोषाध्यक्षमा चौधरीले ५६९ मत प्राप्त गरेका छन भने अन्य यलिशा कुमारी कुँवरले ४१६ र गरिमा चौधरीले ८१ मत प्राप्त गरेका छन । 

निर्वाचन समितिले सदस्यमा रोशन चौधरी, गोविन्द चौधरी, रमेश चौधरी, पद्मा शाही, खिमा साउँद, अनु विक र सुवास चौधरी विजयी भएको बताएको छ । 

निर्वाचनमा काँग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन गरेका थिए ।

२०६५ मा भएको स्ववियु निर्वाचनमा नेविसंघका चर्तुभुज ओझा विजयी भएका थिए भने त्यसपछिको लगातार दुई निर्वाचन अखिल क्रान्तिकारीले जितेको थियो । २०७३ मा जीवन बिसी र २०७९ मा प्रेमबहादुर बोगटी स्ववियु अध्यक्ष भएका थिए । 

क्रान्तिकारीको उम्मेदवार हराउन सत्तारुढ दुई दलका विद्यार्थी संगठनबीच संयुक्त प्यानल बनाईएको थियो ।  
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update