वीरेन्द्रनगरमा गोली चल्यो

सुर्खेत, चैत्र २३
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबार गोली चलेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ ।
उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए ।
‘यो गोली कताबाट आयो, कसले चलायो यसै भन्न सकिने अवस्था छैन’ उनले भने ‘अनुसन्धान भइरहेको छ ।’
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१ १३:१७
प्रतिक्रिया दिनुहोस्