Hamro Patra

टीकापुर, चैत ११
इलाका प्रहरी कार्यालय टीकापुरले आज निषेधाज्ञा अवज्ञा गर्ने २३ जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई बजारका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिईएको डिएसपी मनोहर भट्टले जानकारी दिए ।

उनले नियन्त्रणमा लिईएकाहरुलाई सम्झाईबुझाई गरेर छाड्ने तर मोटरसाइकल भने नियन्त्रण राखिने बताए ।

Khadga Memorial And Janajagriti

निषेधाज्ञाको बेलामा समेत सर्वसाधारण निर्धक्क घुम्न थालेपछि प्रहरीले कडाई गरेको छ । प्रहरीले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

सरकारले एक साताका लागि देशभर लकडाउन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको हो ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update