Hamro Patra
चितुवाको आक्रमणबाट बालक घाइते

गुलरिया, चैत २०
बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय एक बालक घाइते भएका छन् । जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन् । 

हजुरबुवासँग केराबारीमा सिँचाइ गर्न गएको बेलामा थारूलाई चितुवाले आक्रमण गरेको थियो । हजुरबुवाले केरामा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको समयमा चितुवाले टिपेर दौडाएको थियो । घटना दिउँसो कै समयमा भएकाले सबै जनाले होहल्ला गर्दा चितुवाले छोडेर भागेको स्थानीयले बताएका छन् । 

घाइते बालकको बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । बालकको घाँटीको दुबैतिर र टाउकोमा समेत चोट लागेको हुनाले माथिल्लो अस्पतालमा पठाइएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेले बताए ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update