Hamro Patra
टीकापुर अस्पतालमा आइसोलेसन वार्ड स्थापना

टोप प्रकाश वि.क.

टीकापुर, चैत १०
टीकापुर अस्पतालले १२ शैयाको आइसोलेसन वार्ड स्थापना गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन वार्ड स्थापना गरिएको टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले बताए ।
उनले कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखिए आइसोलेसन वार्डमा राखेर तत्काल उपचार थालिने जानकारी दिए । उनले कोरोनाको संक्रमण देखा परे तत्काल उपचारका लागि चिकित्सक लगायत स्वास्थ्यकर्मीको टीम समेत तयारी अवस्थामा रहेको बताए ।

CMA Staff

उनले उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिई सेटको समेत व्यवस्था भैसकेको जानकारी दिए ।
रोजगारी लगायतका क्रममा भारतमा रहेका थुप्रै व्यक्तिहरु नेपालतर्फ आएका कारण कोरोनाको संक्रमण बढ्ने त्रास बढेको छ । विगत केही दिन यता भारतबाट नेपाल फर्किनेको संख्या ह्वात्तै बढेको छ ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र खक्रौला नाकाबाट झण्डै २ लाखको हाराहारीमा मानिस नेपाल आएको अनुमान गरिएको छ । ती व्यक्तिहरुमा कोरोना भाइरस भित्रिएको हुनसक्ने भन्दै सरकारले उच्च सतर्कता अपनाएको छ ।

कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नभए सम्मका लागि आजदेखी निषेधाज्ञा जारी गरेको छ । सरकारले कोरोनाबाट जोगिनका लागि उच्च सतर्कता अपनाउन आम सर्वसाधारणमा आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update