
टीकापुर, चैत ११
टीकापुर नगरपालिका वडा नम्बर ७ बाट सन् २०२४ मा अतिजोखिममा रहेका ४८ जना बालबालिकाहरुको उद्दार गरिएको छ । उनीहरुलाई उद्दारका क्रममा विभिन्न किसिमका राहत उपलब्ध गराईएको छ ।
बाल कल्याण संघ टीकापुर, वल्र्ड भिजन इन्टरनेसनल नेपालले टीकापुर नगरपालिका वडा नम्बर ७ को कार्यालयसँगको समन्वयमा बालबालिकाहरुको उद्दार गरेको हो ।
उद्दार गरिएका बालबालिकाहरुमा आर्थिक अवस्था कमजोर भएका, अभिभावक गुमाएका, अपाङ्गता भएका, लागुपदार्थ दुव्र्यसनमा रहेका, बालविवाह गरेका रहेका छन ।
उनीहरुको पहिचान गरेर समस्या समाधान गर्ने उद्देश्यले उद्दार गरिएको वडा सदस्य अभिमन्यू चौधरीले जानकारी दिए ।
अर्का वडा सदस्य राजकुमार चौधरीले विद्यालय छोडेका बालबालिकाहरुलाई पुनः विद्यालय भर्ना गरिएको बताए । उनले बालबालिकाको उद्दारका लागि वडा कार्यालयले बजेटको व्यवस्था समेत गरेको जानकारी दिए ।
उनले हरेक तीन महिनामा वडा स्तरीय बालअधिकार समितिको बैठक बस्ने र बालबालिकाहरुको पहिचान गर्ने बताए । बैठकमा जनप्रतिनिधि, प्रहरी, समाजसेवीका साथै बाल कल्याण संघका प्रतिनिधिको उपस्थिति रहने गरेको छ ।
वडा कार्यालयले वडास्तरमा गठन गरिएका बाल क्लबहरुलाई समेत बजेटको व्यवस्था गरेको छ । ती क्लबहरुले जनचेतनामूलक सडक नाटक, साँस्कृतिक कार्यक्रम लगायत गर्ने गरेका छन ।