Hamro Patra
कैलालीमा निषेधाज्ञा जारी

परमानन्द पाण्डे
टीकापुर, १० चैत्र
विश्व महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै चैत्र १० गते दिउँसो २ बजेदेखि अनिश्चितकालसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

सुचनामा कोरोनाको उच्च जोखिममा रहेको कैलालीमा सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबद्र्धनात्मक कार्यहरु गर्न जरुरी रहेको उल्लेख छ ।

Khadga Memorial And Janajagriti

संक्रमण फैलिन नदिन अत्यावश्वक बाहेक कुनै किसिमका गतिविधि नगर्न हुन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । ‘राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेक सबै अनिश्चितकालका लागि सञ्चालन नगर्न निषेधाज्ञा जारी गरिएको हो’ प्रमुख जिल्ला अधिकारी बोहराले भने ‘आज दिउँसो २ बजेबाट आदेश जारी गरेका छौं ।’

सूचनामा संक्रमणबाट जोगिन सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठी लगायतका कर्याक्रम र भिडभाड नगर्न नगराउन भनिएको छ । कैलालीको धनगढी र खक्रौला गरी भारतबाट नेपाल फर्किनेहरुको संख्या उल्लेख्य रहेपछि कैलालीमा संक्रमणको जोखिम बढेको प्रशासनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update