Hamro Patra

लम्की, चैत ७
इलाका प्रहरी कार्यालय लम्कीले एसईईको अंग्रेजी विषयको प्रश्न पत्र सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमाला रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले उनलाई राष्ट्रिय माध्यमिक विद्यालय मोतिनगर परिक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले परिक्षा केन्द्रबाट करिव २ सय मिटर टाढाबाट पक्राउ गरेको बताएको छ । 

‘उनी प्रश्न पत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन’ प्रहरी निरिक्षक लोकेन्द्रबहादुर सिँहले भने–‘उनले कसैलाई चिट चोराएको भने हैन ।’

प्रहरीका अनुसार उनको मोवाइलमा रहेको म्यासेन्जरमा अछामबाट महेन्द्र धमालाले प्रश्नपत्र पठाउको पाईएको छ । प्रहरीले उनको म्यासेन्जरमा ९ बजेर ३५ मिनेटमा प्रश्न पत्र आएको जानकारी दिएको छ । 

प्रहरी निरिक्षक सिँहले घटनाका बारेमा परिक्षा समितिमा जानकारी पठाईएको बताए । उनले घटनाका बारेमा थप कारवाही परिक्षा समितिले निर्णय गरेका आधारमा हुने बताए । 

प्रहरीले अर्को एक व्यक्ति आफै इलाका प्रहरी कार्यालयमा आएको बताएको छ । प्रहरीका अनुसार घटनामा उनको कुनै संलग्नता देखिएन । 
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update