Hamro Patra
प्रहरीले ज्यादती गरेको काँग्रेसको आरोप

टीकापुर, चैत ७
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ ले चैत ५ गते स्ववियु निर्वाचनका क्रममा प्रहरीले आफ्ना कार्यकर्ताहरुमाथि दुव्र्यवहार र धरपकड गरेको प्रति आपत्ती जनाएको छ ।
एक प्रेस विज्ञप्ती जारी गर्दै वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुरमा निर्वाचनको शान्ति सुरक्षार्थ खटिएका प्रहरी निरिक्षक बलेन्द्र नाथ, सहायक हवल्दार सुरेश बलायर र जवान पदम बडुले क्षेत्र नं. १ का सचिव धनञ्जय रिमाल (फकिर), तरुण दल टीकापुर सचिव विशाल आचार्य र नेपाल किसान महासंघ जिल्ला सचिव अनन्त खड्का लगायतका नेता कार्यकर्ताहरु प्रति गरेको दुव्र्यवहार र धरपकड प्रति भत्र्सना गरेको छ । 


विज्ञप्तीमा निज प्रहरी निरिक्षक नाथले अर्को दिन क्षेत्र नं. १ का सचिव रिमाललाई पुनः दुव्र्यवहार गरेको उल्लेख छ । पार्टीले सो घटना प्रति खेद प्रकट गर्दै जनताको शान्ति सुरक्षाको प्रत्याभूति हुन नसक्ने भएकाले शान्ति सुरक्षाको ग्यारेन्टी सहित दोषीलाई तत्काल कारवाहीको माग गरेको छ । 
घटनालाई सामान्य रुपमा लिए पार्टी आन्दोलित भई जाने भन्दै विज्ञप्ती मार्फत सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षणको माग गरिएको छ । विज्ञप्तीमा क्षेत्रीय सभापति प्रकाश शाह, प्रदेश (ख) सभापति बलिराम चौधरी र नगर सभापति नरेशकुमार खत्रीले हस्ताक्षर गरेका छन । 
सोही घटनालाई लिएर तरुण दल क्षेत्र, प्रदेश (ख) र नगरले समेत विज्ञप्ती मार्फत ध्यानाकर्षण गरेको छ । क्षेत्रीय सभापति कल्पेश कुँवर, प्रदेश (ख) सभापति जगत ठकुल्ला र नगर सभापति किरण कडायतले जारी गरेको विज्ञप्तीमा दोषीलाई कारवाही नभए तरुण दल आन्दोलित हुने उल्लेख छ ।

  
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update