Hamro Patra
अल्मुनाई नेटवर्कको समिक्षा बैठक सम्पन्न

टीकापुर, चैत ६

वल्र्ड भिजनको आर्थिक सहयोगमा बाल कल्याण संघ टीकापुरले रुपान्तरण अल्मुनाई नेटवर्कको समिक्षा बैठक भजनीमा सम्पन्न भएको छ ।

कैलाली जिल्लाका टीकापुर र भजनी नगरपालिकाका २२ जना अल्मुनाईको सहभागीतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा बाल अधिकार संरक्षण र बाल हिंसा न्यूनिकरणका विषयमा छलफल भएको नेटवर्ककी संयोजक बिमा चौधरीले जानकारी दिईन ।

बैठक हरेक तीन महिनामा भएका कामको समिक्षाका बारेमा छलफल गर्न बस्ने गर्छ । यो पटकको बैठकमा सडक नाटक मार्फत बाल विवाह, लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी जनचेतना फैलाउने काम गरेको बारेमा छलफल भएको थियो ।

बैठकमा बाल विवाह र लागु औषध दुव्र्यसनले समाजमा नकारात्मक प्रभाव पारेको र त्यसको रोकथामका लागि अल्मुनाई नेटवर्कले पहल गर्दै आएको सहभागीहरुले बताएका छन । उनीहरुले यसको रोकथामका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न माग गरेका छन ।

बाल कल्याण संघले टीकापुर नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का साथै भजनी नगरपालिकाको वडा नम्बर १,२,४, ७ र ९ मा नेटवर्क मार्फत काम गर्दै आएको छ ।

बैठकमा रुपान्तरण कक्षाका संयोजक प्रिती कुमारी बोट लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update