Hamro Patra
वीरेन्द्रमा नेविसंघको प्यानल विजयी

टीकापुर, चैत ६
टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको छ । नेविसंघबाट अध्यक्षका उम्मेदवार रहेका गोपाल खत्रीले अनेरास्ववियुका गणेश धामीलाई दोब्बर भन्दा बढी मतान्तरले पराजित गरेका छन । 

निर्वाचन समितिका अनुसार खत्रीले ४५८ मत प्राप्त गरेका छन भने धामीले २१२ मत पाएका छन । त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका असिम विकले जम्मा ४० मत पाएका छन । 

सचिवमा विजयी नेविसंघका मिन सार्कीले ४१८ मत पाएका छन भने अनेरास्ववियुका महेन्द्रकुमार रावलले २५० र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का पुष्पा थापाले ३४ मत पाएका छन । 

त्यस्तै कोषाध्यक्षमा ४४७ मत सहित नेविसंघका विभूति चौधरी विजयी भएकी छन भने अनेरास्ववियुका पूर्णिमा थापामगर र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का डम्मरा जैशीले ४६ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ । 

सात जना सदस्यका लागि भएको निर्वाचनमा नेविसंघका आकर्षण चौधरी (४८५ मत), पवि धामी (४८३ मत), रोशन बुढा (४७९ मत), स्वस्तिका चौधरी (४८८ मत), तुफान शाही (४७७ मत), एलिनाकुमारी चौधरी (४५० मत) र राजेन्द्र महरा (४११ मत) प्राप्त गरेर विजयी भएका छन । 

निर्वाचन समितिका अनुसार समानुपातिक तर्फको मत समेत नेविसंघले नै सबैभन्दा बढी प्राप्त गरेको छ । नेविसंघले ४३९, अनेरास्ववियुले १३४, नागरिक विद्यार्थी समाजले ७९, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ३४ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ७ मत प्राप्त गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update