स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु

टीकापुर, चैत्र ३
कैलालीको गोदावरीमा एक स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नं. ३ चौकिडाँडामा स्कारपिओ दुर्घटना हुँदा चालक सुदीप रानाको मृत्यु भएको हो ।
शनिवार राती अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ का रानाको मृत्यु भएको हो ।
बा १७ च ९६४५ नम्बरको उक्त स्कारपियो दुर्घटना हुँदा राना घाइते भएका थिए । घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ ०८:५३
प्रतिक्रिया दिनुहोस्