Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघद्वारा हातधुने व्यवस्था

टीकापुर, चैत ९
टीकापुर उद्योग वाणिज्य संघले कोरोना भाइरसबाट जोगिन बजार क्षेत्रमा सर्वसाधारणका लागि हात धुने व्यवस्था गरेको छ ।

संघका अध्यक्ष रामबहादुर भण्डारीले टीकापुर, दुर्गौली, अस्नेहरी, नारायणपुर, सत्ती बजारका करिव १५ ठाउँमा हात धुने व्यवस्था गरिएको जानकारी दिए । टीकापुरका विभिन्न १० चोकमा पानी र ह्याण्ड वासको व्यवस्था गरिएको छ । त्यस्तैगरी नारायणपुरका दुईवटै चोक, सत्ती, अस्नेहरी र दुर्गौलीमा समेत व्यवस्था गरिएको छ ।

Khadga Memorial And Janajagriti

नियमित साबुन पानीले हात धुँदा जोखिम कम हुने भएकाले सर्वसाधारण र व्यापारी व्यवशायीहरुको सहजताका लागि विभिन्न ठाउँमा हात धुने व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए । उनले विभिन्न टेण्ड व्यवशायीहरुले पानी राख्ने ट्याङ्की उपलब्ध गराएको जानकारी दिए ।

संघका पदाधिकारीहरु छुट्टाछुट्टै ठाउँमा व्यवस्थापनमा खटिएका छन । त्यस्तै व्यापारी व्यवशायीहरुले समेत हात धुने कार्यलाई सघाईरहेका छन । संघले सुरु गरेको यस अभियानमा टीकापुर जेसीजले समेत सघाईरहेको छ । जेसीजकर्मीहरु विभिन्न ठाउँमा व्यवस्थापनमा खटिएको महासचिव पृथ्वीराज ढुंगानाले जानकारी दिए ।

संघले सर्वसाधारणलाई सीमा क्षेत्रमा ओहोरदोहोर नगर्न आग्रह गर्दै आएको छ । भारतीय सीमा क्षेत्रमा रहेका बजारमा किनमेल गर्न जाँदा त्यहाँबाट कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने भन्दै संघले यस्तो आग्रह गरेको छ ।
त्यस्तै संघले ब्यापारी व्यवशायीहरुलाई सामान कालोबजारी नगर्न समेत आग्रह गरेको छ । अध्यक्ष भण्डारीले एउटै व्यक्तिलाई आवश्यकता भन्दा बढी सामान बिक्री नगर्न ब्यापारी व्यवशायीहरुलाई आग्रह गरेका छन ।
उनले सर्वसाधारणलाई समेत आवश्यकता भन्दा बढी सामान खरिद गरेर बजारमा कुनैपनि सामानको अभाव सिर्जना हुने वातावरण सिर्जना नहुनेतर्फ सचेत रहन आग्रह गरेका छन ।

त्यस्तै ब्यापारी व्यवशायीहरुले समेत ग्राहक र सर्वसाधारणका लागि हात धुने व्यवस्था गर्न थालेका छन । टीकापुर सेनेटरी र जानकी ट्रेडर्स एण्ड सप्लायर्स (यामाहा शोरुम) ले संयुक्त रुपमा यस्तो व्यवस्था गरेका छन । उनीहरुले साबुन पानीले हात धोएर मात्रै पसल भित्र प्रवेश गर्न सूचना जारी गरेका छन ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update